संविधानको धारा ६१ टेकेर सुशीला कार्की प्रधानमन्त्री नियुक्त

हिमाल प्रेस २७ भदौ २०८२ २०:५६
संविधानको धारा ६१ टेकेर सुशीला कार्की प्रधानमन्त्री नियुक्त प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन्। जेनजीको मागअनुसार कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रूपमा नेतृत्व गर्ने गरी शुक्रबार साँझ नियुक्ति गरिएको हो।

संविधानको धारा ६१ को उपधारा ४ टेकेर कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। उपधारा ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ।

प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की पूर्वप्रधानन्यायाधीश हुन्।

के छ संविधानको धारा ६१ मा?

राष्ट्रपति र उपराष्ट्रपति

६१. राष्ट्रपतिः (१) नेपालमा एक राष्ट्रपति रहनेछ ।
(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ। निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ।
(३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ।
(४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।

प्रकाशित: २७ भदौ २०८२ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast