कांग्रेस मुख्यालयबाट नैनसिंह महरले भने- संविधानको रक्षा गर्दै ध्वस्त संरचना निर्माणमा जुटौं

हिमाल प्रेस २७ भदौ २०८२ १३:४५
कांग्रेस मुख्यालयबाट नैनसिंह महरले भने- संविधानको रक्षा गर्दै ध्वस्त संरचना निर्माणमा जुटौं

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा गर्दै जनतालाई राष्ट्र पुनर्निर्माणको अभियानमा जुट्न आग्रह गरेका छन्। जेनजी पुस्ताको आन्दोलनबाट जलेर ध्वस्त बनेको पार्टीको केन्द्रीय कार्यालय पुगेर उनले शुक्रबार यस्तो अपिल गरेका हुन्।

महरले वर्तमान परिस्थितिलाई नेपालको राजनीतिमा संवेदनशील मोडको संज्ञा दिँदै जनतालाई हतोत्साहित नभई पुनर्निर्माणमा सक्रिय योगदान दिन आह्वान गरे। उनले भने, ‘नेपालका सरकारी संरचना ध्वस्त भएका छन् तर यसबाट हामी आत्तिनु हुँदैन। खरानीबाट पनि मुलुकहरू उठेका छन्। हिरोसिमा र नागासाकी जस्तै नेपाललाई पुनर्निर्माण गरेर माथि उठाउन सक्छौं।’

उनले हालको आन्दोलनले भ्रष्टाचार नियन्त्रण, सुशासनको माग र सामाजिक सञ्जाल सुचारु गर्ने विषयलाई उजागर गरेको उल्लेख गर्दै यसको निकासका लागि सबै पक्ष तत्पर हुनुपर्ने बताए। बीपी कोइरालाको ११२औं जन्मजयन्तीको अवसरमा सिंहदरबार, सर्वोच्च अदालतलगायत राणाकालदेखि स्थापना भएका प्रमुख संस्थाहरू ध्वस्त भएकोप्रति आफू गहिरो मर्माहत भएको उनले बताए। उनका अनुसार जेनजी पुस्ताको मूल उद्देश्य विध्वंश नभए पनि आन्दोलनमा बाहिरी घुसपैठले ठूलो क्षति निम्त्याएको छ।

‘राजनीतिक दलका कार्यालय मात्र होइन, सार्वजनिक सम्पत्ति र नेताहरूका निजी निवासहरू समेत जलेका छन्। यसबाट मुलुकले खर्बौंको क्षति बेहोरेको छ। यो घाटा पुर्तिका लागि नेपाली जनता दिलदेखि नै सक्रिय हुनुपर्ने बेला आएको छ,’ महरले भने। महर शुक्रबार सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत हुँदै कांग्रेस पार्टी कार्यालय पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast