कमेडी दरबारकाे नयाँ एपिसोड प्रसारण नहुने

हिमाल प्रेस २७ भदौ २०८२ १३:०६ | Friday, September 12, 2025
कमेडी दरबारकाे नयाँ एपिसोड प्रसारण नहुने

काठमाडौँ- कमेडी रियालिटी सो ‘कमेडी दरबार’ टिमले देशको अवस्था सामान्य नभएसम्म नयाँ एपिसोड प्रसारण नहुने भएको छ। दरबार टिमले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै नयाँ सो प्रसारण नहुने जानकारी दिएको हो।

टिमले भ्रष्टाचारविरुद्ध आफ्नो जीवन बलिदान दिएका वीर योद्धाहरूको श्रद्धाञ्जली तथा सम्मान स्वरूप सो प्रसारण रोक्ने निर्णय गरेको बताइएको छ।

देशको वर्तमान संवेदनशील अवस्थामा, जहाँ राष्ट्र अत्यन्तै गम्भीर र महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने मोडमा रहेको छ,’ पोस्टमा भनिएको छ।

सो कमेडियन विक्की अग्रवाल र उनकी पत्नि श्रद्धा प्रसाईले निर्देशन गरिरहेका छन्। सो मा अभिनेत्री गौरी मल्ल महारानी र हास्य कलाकार मनोज गजुरेल महाराजाको भूमिकामा छन्।

 

प्रकाशित: २७ भदौ २०८२ १३:०६ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast