जेनजी आन्दोलनका क्रममा ढालिदिएको दाङको घोराही उपमहानगरपालिका-१५ स्थित दामोदर चोकको प्रहरी बिट व्यवस्थापन गर्दै नेपाल प्रहरी। तस्बिर : कुलदीप न्यौपाने/ रासस
काठमाडौँ– जेनजीको आन्दोलनबाट अस्तव्यस्त बनेको मुलुक विस्तारै लयमा फर्कने प्रयास गरिरहेको छ। आगजनीमा कारण फोहोर भएका सडकहरु सरसफाइ भइरहेको छ। आन्दोलन मत्थर भएसँगै प्रहरीहरू पनि आफ्नो नियमित कर्ममा फर्कने प्रयासमा छन्।
आन्दोलनकारीबाट ढालिएका बिटहरुको व्यवस्थापन गरिरहेका छन्। स्थानीयवासी, युवाहरुले पनि सरसफाइमा साथ दिएका छन्।






प्रकाशित: २६ भदौ २०८२ १८:४८ | Thursday, September 11, 2025
प्रतिक्रिया





