त्रिविको पठनपाठन छठ सम्मलाई स्थगित

हिमाल प्रेस २६ भदौ २०८२ ८:५४ | Thursday, September 11, 2025
त्रिविको पठनपाठन छठ सम्मलाई स्थगित घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालयले आगामी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। त्रिविले आगामी कात्तिक १० मा छठ परेकोमा सोही दिनभन्दा पछाडिको मितिबाट मात्र पठनपाठन सञ्चालन हुने सूचना जारी गरेको छ।

आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हाे।

आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको सूचनामा उल्लेख छ।

नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ।

 

प्रकाशित: २६ भदौ २०८२ ८:५४ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast