![पोखराका सबै सरकारी कार्यालय खरानी [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/pok_zen_z4.jpg)
पोखरा- जेनजीकाे आन्दोलनका क्रममा पाेखरास्थित अधिकांश सरकारी कार्यालयमा ताेडफाेड र आगजनी गरिएको छ। संघ, प्रदेश र जिल्लास्थित सरकारी कार्यालयका महत्त्वपूर्ण कागजात जलेर खरानी भएका छन्।
संसद् भवन, मुख्यमन्त्री कार्यालय, सीडीओ कार्यालय, मालपाेत, न्यायालय ध्वस्त भएका छन्।
यसैगरी लाेकसेवा, गण्डकी विश्वविद्यालय, टेलिकम, पाेखरा महानगर र मातहतका आधा दर्जन वडा कार्यालय, मन्त्री, सांसद, मेयरका निजी निवास, व्यापारिक प्रतिष्ठान र भाटभटेनी सुपरमार्केट केही रहेनन्। यी संरचना अब पुरानै अवस्थामा फर्किन वर्षाैँ लाग्नेछ।
प्रकाशित: २५ भदौ २०८२ २१:०३
प्रतिक्रिया