सर्वोच्च अदालतमा मुद्दाको पेसी अनिश्चितकालका लागि स्थगन

हिमाल प्रेस २५ भदौ २०८२ १०:३५ | Wednesday, September 10, 2025
सर्वोच्च अदालतमा मुद्दाको पेसी अनिश्चितकालका लागि स्थगन सर्वोच्च अदालत भवन। फाइल तस्बिर।

काठमाडौँ- जेनजी प्रदर्शनकारीद्वारा सर्वोच्च अदालतमा भएको आगलागीका कारण अदालतको कार्य सम्पूर्ण रूपमा प्रभावित भएको छ। आगलागीमा इजलास, मुद्दासम्बन्धी दस्तावेजहरू, सर्भरलगायत महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन्।

सर्वोच्च अदालतको आन्तरिक तथा जिल्ला प्रशासन शाखाबाट जारी सूचनामा उल्लेख गरिएअनुसार आजका लागि तोकिएका सबै मुद्दा स्थगित गरिएको छ। त्यस्तै, अघिल्ला मितिमा दर्ता गरिएका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

सूचनामा भनिएको छ, ‘मिति २४ गते भएको आगजनीको कारण सर्वोच्च अदालत पूर्ण रूपमा जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र अघिका लेखामा रहेका मुद्धाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ।’

सर्वोच्च अदालतले सेवा प्रवाहमा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै सर्वसाधारण सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रकाशित: २५ भदौ २०८२ १०:३५ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast