जेनजी समूहलाई संयमित हुन सेनाको अनुरोध

हिमाल प्रेस २४ भदौ २०८२ १८:०९
2
SHARE
जेनजी समूहलाई संयमित हुन सेनाको अनुरोध जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले जेनजी प्रदर्शनकारीहरूलाई संयमित हुन अनुरोध गरेको छ । आज (मंगलबार) एक अनुरोध पत्र सार्वजनिक गर्दै सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको हो।

‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ,’ पत्रमा भनिएको छ, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।’

सेनाले आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपुरणीय क्षतिप्रति दु:ख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना र सहानुभूति पनि व्यक्त गरेको छ।

प्रकाशित: २४ भदौ २०८२ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast