पोखरामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

हिमाल प्रेस २४ भदौ २०८२ १३:५१
12
SHARES
पोखरामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

पोखरा- पोखरामा नेपाल प्रहरीले जेनजी प्रदर्शनकारीमाथि गोली चलाएको छ। गोलीबाट एक जना प्रदर्शनकारी घाइते भएका छन्।

उनलाई उपचारार्थ अस्पताल लगिएको छ। जेनजीको प्रदर्शनको क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो।

पोखरा महानगरपालिका कार्यालय नजिकै न्यूराड पुगेका प्रदर्शनकारीसँग प्रहरीको मुठभेड भएको हो।

सो क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका छन्।

प्रकाशित: २४ भदौ २०८२ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast