काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा मञ्चरत नाटक ‘सिरुमारानी’ र ‘खमारी’ को मञ्चन स्थगित गरिएको छ।
जेनजीको आन्दोलनमा घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै थिएटरले मञ्चनरत नाटक केही समयको लागि स्थगित गरेको जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै थिएटरले आफ्नो सम्पूर्ण गतिविधिहरू बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको छ। ‘हिजो जे भयो, त्यो अकल्पनीय थियो, अनपेक्षित थियो र अक्षम्य थियो। नागरिक विरोधका आवाजलाई हिंसात्मक दमन गर्ने सरकारी रवैयाको हामी घोर भत्सर्ना गर्दछौँ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘यो शोकको घडीलाई मनन गर्दै केहि समयका लागि मण्डला थिएटरका सम्पूर्ण गतिविधिहरू बन्द गर्ने निर्णय गरिएको छ।
प्रकाशित: २४ भदौ २०८२ १२:३८ | Tuesday, September 9, 2025
प्रतिक्रिया




