
काठमाडौँ- चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हल बन्द भएका छन्। संघले विज्ञप्ति जारी गर्दै जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएकाप्रतिको शोकमा हल बन्द गरिएको जनाएको छ।
संघले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ।
देशभर जम्मा १ सय ६५ फिल्म हल छन्।
प्रकाशित: २४ भदौ २०८२ ११:२४
प्रतिक्रिया