‘प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर’

हिमाल प्रेस २३ भदौ २०८२ १९:१५
‘प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर’

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी प्रदर्शनका क्रममा प्रहरी अत्याधिक बल प्रयोग गरेको जनाएको छ। आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति निकालेर यस्तो बताएका हुन्।

उनले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न सरकारलाई आयोगले निर्देशन दिएको बताएका छन्।

काठमाडौँ, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायत देशका विभिन्न सहरहरूमा प्रदर्शन भएको आयोगले जनाएको छ।

काठमाडौँको माइतीघरबाट सुरू भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरू संसद भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ।

‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार छ। लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरू समयमै यथोचित सम्बोधन गर्नुपर्दछ। यसका प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast