 
                             
                                            काठमाडौँ- चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका-१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ।
चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका-१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर उनको मृत्यु भएको हो।
शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।
                            प्रकाशित: २१ भदौ  २०८२ १२:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 