विश्वकै सबभन्दा पातलो फोल्डेबल स्मार्टफोन अनर म्याजिक भि ५ नेपालमा, बुकिङ सुरु

हिमाल प्रेस २० भदौ २०८२ १३:४६
विश्वकै सबभन्दा पातलो फोल्डेबल स्मार्टफोन अनर म्याजिक भि ५ नेपालमा, बुकिङ सुरु

काठमाडौँ- लामो प्रतीक्षापछि HONOR Magic V5, विश्वकै सबैभन्दा स्लिम र शक्तिशाली फोल्डेबल स्मार्टफोन अब नेपालमा उपलब्ध भएको छ। कम्पनीले यसको प्रि–बुकिङ आधिकारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।

मात्र ८.८ मिलिमिटर मोटाइ भएको यस फोनमा ठूलो क्षमताको ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, हल्का तथा आकर्षक बनावट र अल्ट्रा–स्मुथ फोल्डेबल OLED डिस्प्ले रहेको छ।

Snapdragon 8 Elite प्रोसेसरद्वारा सञ्चालित HONOR Magic V5 ले तीव्र गति, प्रिमियम फोल्डेबल अनुभव र शक्तिशाली प्रदर्शन प्रदान गर्छ।

यसमा अत्याधुनिक एआई, ट्रिपल क्यामेरा प्रणाली र पुरै दिन टिक्ने ब्याट्री समावेश छन् जसले मल्टिटास्किङलाई सहज बनाउने मात्र होइन, उत्कृष्ट भिजुअल र फोटोग्राफी अनुभव पनि दिनेछ।

पहिले नै विश्व बजारमा लोकप्रिय भइसकेको HONOR Magic V5 अब नेपालमा पनि प्रि बुकिङका लागि खुला गरिएको छ।

प्रकाशित: २० भदौ २०८२ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast