बाबुराम भन्छन्- सामाजिक सञ्जाल ‘बन्द’ गर्ने सरकारको निर्णय प्रतिगमनकारी

हिमाल प्रेस २० भदौ २०८२ ६:००
14
SHARES
बाबुराम भन्छन्- सामाजिक सञ्जाल ‘बन्द’ गर्ने सरकारको निर्णय प्रतिगमनकारी

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जाल ‘बन्द’ गर्ने सरकारको निर्णयलाई प्रतिगमनकारी कदमको संज्ञा दिएका छन्।

साथै सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई कुन्ठित गर्ने उनले बताए। बिहीबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै डा.भट्टराईले भनेका छन्, ‘सामाजिक संजाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो।’

सरकारले आँखामा पट्टि बाँधेर मुर्खतापूर्ण निर्णय गरेको भन्दै उनले निन्दा गरेका छन्।

डा.बाबुराम भट्टराईको भनाइ
सामाजिक संजाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो। अहिलेको विश्वब्यापीकरण, अत्याधुनिक सूचनासंचार र उन्नत लोकतन्त्रको युगमा अन्य उपयुक्त नियमनकारी कदम सट्टा यस्ता लहडी कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता , सूचनाको हकलाई कुन्ठित मात्र गर्छ। आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ।

प्रकाशित: २० भदौ २०८२ ६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast