समाजवादी निकट युवा संघको रोशन थापाले बोलाए बैठक, सञ्जीवले भने : बैठक राखिएको छैन, भ्रममा नपर्नू

हिमाल प्रेस १८ भदौ २०८२ १२:०२
226
SHARES
समाजवादी निकट युवा संघको रोशन थापाले बोलाए बैठक, सञ्जीवले भने : बैठक राखिएको छैन, भ्रममा नपर्नू समाजवादी निकट युवा संघका अध्यक्ष रोशन थापा (दायाँ) र समानान्तर कमिटी अध्यक्ष सञ्जीव राई(बायाँ)।

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघमा किचलो बढ्दो छ। किचलोका बीच युवा संघका संयोजक रोशन थापाले आगामी भदौ २३ र २४ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छन्। युवा संघको ९ औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको नाममा थापाले बैठक बोलाएका हुन्।

यता इतरपक्ष मानिने सञ्जीव राईले भने सोही मितिमा कुनै बैठक नरहेको जानकारी दिएका छन्। उनले भनेका छन्,‘युवा संघ नेपालको ९औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक यहि भदौ २३ र २४ गते काठमाडौंमा छ भनी विभिन्न समाजिक सन्जालमा आइ रहेको छ।’ उनले भनेका छन्,‘सो दिन युवा संघ नेपालको कुनै बैठक र कार्यक्रम नभएको जानकारी गर्दछु।’

उनले युवा संघ मातहतका प्रदेश, जिल्ला र पालिका कमिटीहरु गठन वा पुनर्गठन गर्न सम्बन्धित सबैमा हार्दिक अपिल गरेको बताएका छन्। युवा संघमा थापाका विरुद्ध राईले समानान्तर गठन गरेका छन्।

राईले समानान्तर नै भए पनि युवा संघलाई सक्रिय बनाइराखेका छन्। केहीदिनअघि विभिन्न माग राख्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई मागपत्र बुझाएका थिए।

प्रकाशित: १८ भदौ २०८२ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast