
काठमाडाैँ- गायक यश कुमारले ‘हल्का हल्का’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। म्युजिकल फिल्मको शैलीमा तयार पारिएको भिडियो गाय यशकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गायक यश कुमारको शब्द र संगीत रहेको गीतको संगीत संयोजन देवेस राईले गरेका हुन्। गायनमा यशलाई स्मिता प्रधानले साथ दिएकी छन्। गीतको भिडियामा पनि यश र स्मिताकै मुख्य अभिनय रहेकाे छ।
उनीहरुसँगै राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय छ। भिडियोमा बदलाको कथा देखाइएको छ। भिडियोको निर्देशन गायक यश कुमारले नै गरेका हुन्।
यस्ताे छ गीत
प्रकाशित: १७ भदौ २०८२ १२:३९
प्रतिक्रिया