डा अञ्जान शाक्य संसदीय सुनुवाइ समिति सदस्यमा मनोनीत

हिमाल प्रेस १७ भदौ २०८२ ७:३५
12
SHARES
डा अञ्जान शाक्य संसदीय सुनुवाइ समिति सदस्यमा मनोनीत

काठमाडौँ- राष्ट्रियसभाकी सांसद डा अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएकी छन्।

यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभा बैठकले सुनुवाइ समितिमा मनोनयनका लागि सहमति जनाएपछि उनी उक्त समितिको सदस्य बनेकी हुन्।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाइ संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए ।

शाक्य राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत सांसद हुन् ।

प्रकाशित: १७ भदौ २०८२ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast