सर्वाधिक मूल्यमा पुगेको डलर आज पनि यथावत

हिमाल प्रेस १७ भदौ २०८२ ६:४०
12
SHARES
सर्वाधिक मूल्यमा पुगेको डलर आज पनि यथावत

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। त्यसैगरि बहराइन दिनारको मूल्य पनि आज स्थिर छ।

अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने आज पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनारको मूल्य भने आज घटेको छ।

आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। आज युरो एकको खरिददर १६५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा छ।

आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७१ पैसा छ।

कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ र बिक्रीदर ४६२ रुपैयाँ ७९पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा छ।

प्रकाशित: १७ भदौ २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast