बुंगल हाइड्रोको आईपीओ निष्काशन

हिमाल प्रेस १६ भदौ २०८२ १२:०८
8
SHARES
बुंगल हाइड्रोको आईपीओ निष्काशन

काठमाडौँ- बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आजबाट प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका श्रमिक र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्काशनपछि आजबाट सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो।

कम्पनीले जारी पुँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् २९ करोड ५० लाख रकम बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गरेको छ। यसअन्तर्गत पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरुको लागि २ लाख ७ हजार ५ सय कित्ता र आयोजना प्रभावितका लागि ८ लाख ३० हजार कित्ता सेयर निष्काशनमा गरेको थियो।

कम्पनीले बाँकी रहेको सेयर भने कम्पनीले सर्वसाधारणलाई दोस्रो चरणमा सेयर निष्काशन गर्ने तालिकाअनुसार १७ लाख १ हजार ५ सय कित्ता सर्वसाधारणका लागि जारी गरेको हो।

यो आईपीओमा आजबाट साउन १९ सम्म आवेदन दिन सकिनेछ। यो कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९२ रुपैयाँ १६ पैसा मात्रै छ।

प्रकाशित: १६ भदौ २०८२ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast