‘पद्मश्री साहित्य पुरस्कार’ रमेश भुसालको कृति ‘छालबाटो’लाई

हिमाल प्रेस १५ भदौ २०८२ ८:१७ | Sunday, August 31, 2025
‘पद्मश्री साहित्य पुरस्कार’ रमेश भुसालको कृति ‘छालबाटो’लाई

काठमाडौँ- ‘पद्मश्री साहित्य पुरस्कार’ यस वर्ष रमेश भुसालको कृति ‘छालबाटो’लाई प्रदान गर्ने निर्णय गरेको छ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले विसं २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्दै आइरहेको प्रतिष्ठित पुरस्कार यसपटक भुसालको छालबाटोले पाउने भएको हो।

प्रतिष्ठानलाई विसं २०८१ मा प्राप्त नेपाली साहित्यका २०३ वटा पुस्तकमध्येबाट ‘छालबाटो’ उत्कृष्ट भएको हो। ‘छालबाटो’मा कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रालाई जीवन्त रूपमा समेटेको छ।

प्रकाशित: १५ भदौ २०८२ ८:१७ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast