वीरगञ्ज हिँडेकी विद्यालाई सिमरामा भव्य स्वागत, एमाले नेताहरूको लर्को

हिमाल प्रेस १४ भदौ २०८२ १०:२१ | Saturday, August 30, 2025
वीरगञ्ज हिँडेकी विद्यालाई सिमरामा भव्य स्वागत, एमाले नेताहरूको लर्को

काठमाडौँ- पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ। पर्साको वीरगञ्ज हिँडेकी विद्यालाई एमाले नेताकार्यकर्ताहरूले सिमरा अवतरण गरेसँगै स्वागत गरेका हुन्।

भण्डारीको स्वागतका लागि पार्टी स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने ,पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने र अरबिन्द्र सिंह, प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य जयप्रकाश थारु र जितपुर सिमरा उपप्रमुख भोला अधिकारी, जितपुर सिमरा अध्यक्ष त्रिलोक शाह र एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्ष नवराज शर्मा पुगेका थिए।

प्रकाशित: १४ भदौ २०८२ १०:२१ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast