छायांकनमा फिल्म ‘मालती मंगले’ 

हिमाल प्रेस १३ भदौ २०८२ १६:३७ | Friday, August 29, 2025
 छायांकनमा फिल्म ‘मालती मंगले’ 

काठमाडौँ- फिल्म ‘मालती मंगले’ छायांकन सुरु भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्तसँगै फिल्मको छायांकन सुरु गरिएको हो।

फिल्मको निरन्तर छायांकन शनिबारदेखि सुरु गर्ने कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार फिल्म तनहुँ र स्याङ्जाका सुन्दर भूभागमा छायांकन गरिनेछ।

फिल्म गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको हुन्। फिल्ममा विजय बराल र वर्षा शिवाकोटीको मुख्य अभिनय रहनेछ। साथै फिल्ममा मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टर्रालगायत कलाकारको अभिनय रहनेछ।

फिल्म प्रकु पाण्डेयले निर्देशन गरेका छन्। निर्देशक पाण्डेयकै कथा रहेको फिल्मको पटकथा संवाद गुरागाईंले तयार गरेका हुन्। फिल्मको कथा पारिवारिक र प्रेम कथामा आधारित छ। फिल्म रानी म्युजिक इन्टरनेसनलको ब्यानरमा  युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ।

प्रकाशित: १३ भदौ २०८२ १६:३७ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast