अब ओटीटीमा ‘कान्तारा’

हिमाल प्रेस ५ मंसिर २०७९ १२:२० | Monday, November 21, 2022
अब ओटीटीमा ‘कान्तारा’

काठमाडौँ- सुपरहिट दक्षिण भारतीय फिल्म ‘कान्तारा’ डिजिटल प्लेटफर्म ओटीटीमा रिलिज हुने भएको छ। फिल्मले दर्शकको मनग्गे माया पायो। दर्शकले यति मन पराए कि प्रदर्शनमा आएको सातौँ हप्तासम्म पनि फिल्मले राम्रै दर्शक पाएको थियो।

१६ करोड भारुमा बनेको फिल्मले संसारभरि गरी ३ सय ७० करोड भारुभन्दा बढीको कारोबार गरेको छ। हिन्दी, तेलुगु, तमिल, कन्नडलगायत भाषामा रिलिज फिल्म अब ओटीटीमा देख्न पाइनेछ।

अमेजन प्राइम भिडियोमा नोभेम्बर २४ (मंसिर ८) मा फिल्म रिलिज हुनेछ। ऋषभ सेट्टीको निर्देशनमा बनेको फिल्ममा अच्युत कुमार, किशोर, प्रमोद सेट्टीलगायत कलाकारको अभिनय रहेको छ।
निर्देशनमात्र नभई लेखन पनि ऋषभकै रहेको छ। उनले फिल्ममा अभिनय पनि गरेका छन्।

 

प्रकाशित: ५ मंसिर २०७९ १२:२० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast