धर्नापछि शिक्षक महासंघले बुझायो एमाले महासचिव पोखरेललाई ध्यानाकर्षण पत्र

हिमाल प्रेस १२ भदौ २०८२ १४:५८
66
SHARES
धर्नापछि शिक्षक महासंघले बुझायो एमाले महासचिव पोखरेललाई ध्यानाकर्षण पत्र

काठमाडौँ- विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बिहीबार ललितपुरको च्यासलस्थित नेकपा एमाले केन्द्रीय कार्यालयमा धर्ना दिएको छ। धर्नापछि महासंघले एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो।

सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा दबाब दिन राजनीतिक दलका कार्यालयमा धर्ना दिन थालिएको महासंघले जनाएको छ। ध्यानाकर्षण पत्र बुझ्दै महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित बनाउन तयार गरिएको विधेयकमा शिक्षकका मुद्दा समेट्न एमालेले सहजीकरण गरेको दाबी गरे।

उनले सरकारसँग भएका सहमति कार्यान्वयनमा एमाले प्रतिबद्ध रहेको जनाउँदै प्रतिनिधिसभाबाट छुटेका विषयहरू राष्ट्रियसभामा समेटिने पहल गर्ने आश्वासन दिए।

त्यस्तै, महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले विगतमा सरकारसँग भएको ९ बुँदे सहमति पूर्ण कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्नु परेको बताइन्।

उनले विधेयकमा शिक्षक कर्मचारीका मुख्य सरोकारका विषयहरू अझै सम्बोधन नभएको भन्दै राजनीतिक दलहरूले प्रतिनिधिसभा र राष्ट्रियसभामा संशोधनका लागि सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

महासंघले शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पनि धर्ना कार्यक्रम गर्ने जनाएको छ। यसअघि बुधबार महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast