एमालेको विधान महाधिवेशनमा २१ सय २४ प्रतिनिधि सहभागी हुने

हिमाल प्रेस १२ भदौ २०८२ ८:२६ | Thursday, August 28, 2025
एमालेको विधान महाधिवेशनमा २१ सय २४ प्रतिनिधि सहभागी हुने

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिहरुलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन्।

उनले सबै उपसमितिलाई तयारीलाई तिव्र पार्न समेत निर्देशन दिएका छन्। महाधिवेशन व्यवस्थापन समितीको आजको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनको मुल नारा तय भइसकेकोले अब त्यसकै आधारमा प्रचार प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिए।

पार्टी स्थायी कमिटी सदस्य एवं पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आठवटै उपसमितीका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिर्पोटिङ गरेका थिए।

प्रतिनिधि, मञ्च तथा हल, स्वयम् सेवक,आवास, खाद्य व्यवस्थापन उपसमितिले आफ्नो तयारीका बारेमा रिर्पोटिङ गरेका छन्।

यसैगरी प्रचार, यातायात, स्वास्थ्य, सांस्कृतिक,स्वागत गेट तथा साजसज्जा,दस्तावेज प्रकाशन र कार्यलय तथा लजिस्टिक व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिर्पोटिङ गरेका छन्। आयोजक टिमले प्रतिनिधिलाई एक छाक खाना खुवाउने जनाइएको छ।

पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराईज हलमा आयोजना गरिएको छ। पार्टीले हिजो मात्र महाधिवेशनको मुल नारा तय गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय गन्तव्य’लाई पार्टीले मुल नारा बनाएको छ ।

गौतमका अनुसार स्वयम् सेवकका लागि विभिन्न जनसंगठनबाट करिब ३ सय जनाको नाम संकलन गरिएको छ। महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय ७८ रहेका छन्।

प्रतिनिधि मात्र २ हजार १ सय २४ जनाले महाधिवेशनमा सहभागिता जनाउने छन्। महाधिवेशनको तयारीका बारेमा जानकारी दिनका लागि आगामी भदौ १८ गते पार्टीले बृहत पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

प्रकाशित: १२ भदौ २०८२ ८:२६ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast