न्यौपानेले लिइन् शपथ

हिमाल प्रेस ११ भदौ २०८२ १६:४६ | Wednesday, August 27, 2025
न्यौपानेले लिइन् शपथ

काठमाडौँ– सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बुधबार आयोजित कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिएकी हुन्।

सभामुख घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई खादा ओढाएर बधाई ज्ञापन गरेका थिए।  कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी थिइन्।

प्रकाशित: ११ भदौ २०८२ १६:४६ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast