इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन लेखक संघको माग

हिमाल प्रेस ११ भदौ २०८२ १६:४३ | Wednesday, August 27, 2025
इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन लेखक संघको माग

काठमाडौँ– नेपाली लेखक संघले नेपालमा चल्ने सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा एवम् देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। संघले बुधबार विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेको हो।

संघको विज्ञप्तिमा उल्लेख छ, ‘नेपालभित्र दर्ता भएका सवारी साधनहरूमा जडान गरिने इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुनुपर्ने भन्ने सरकारको निर्णय अझै यथावत् रहेको र कार्यान्वयनमा समेत लग्न खोजेको विषयप्रति नेपाली लेखक संघको गम्भीर ध्यानाकर्षण भएको छ।’ संघले सुरुदेखि नै सरकारको यस निर्णयप्रति असहमति जनाउँदै आएको स्मरण गराइएको छ।

‘नेपालीमा नभई अंग्रेजीमै नम्बर प्लेट राख्नुपर्ने कुराले नेपालमै नेपाली भाषाको अवमूल्यन गरेको छ। नेपाली भाषा नेपालको साझा सम्पर्कको भाषा हो। नेपालको संविधान २०७२ ले नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकार गरेको छ’, विज्ञप्तिमा उल्लेख छ।

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा कायम गर्न माग गर्दै प्रदर्शन

यातायात मजदुरहरू पनि अंग्रेजी इम्बोस्ड नम्बर प्लेटका विपक्षमा

इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता गर : अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको आपत्ति : ‘इम्बोस्ड नम्बर प्लेटबाट नेपाली भाषा हटाउने निर्णय संविधानविपरीत’

प्रकाशित: ११ भदौ २०८२ १६:४३ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast