काठमाडौँ महानगरविरूद्ध कवाड व्यवसायीहरूको आन्दोलन जारी

हिमाल प्रेस ११ भदौ २०८२ १६:०० | Wednesday, August 27, 2025
काठमाडौँ महानगरविरूद्ध कवाड व्यवसायीहरूको आन्दोलन जारी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफूहरुमाथि दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरुले आन्दोलन जारी राखेका छन्।

बुधबार पनि कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौँको विभिन्न स्थानबाट र्‍यालीसहितको प्रदशर्न गर्दै व्यवसायीहरुले महानगरको कार्यालय अगाडी धर्ना दिएका हुन्।

कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम भएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले निरन्तर आन्दोलन गरेका हुन्।

उनीहरुले संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्। विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरुको माग छ।

प्रकाशित: ११ भदौ २०८२ १६:०० | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast