कन्काई पुल नजिककै सवारी दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको खुल्यो पहिचान

हिमाल प्रेस ११ भदौ २०८२ ९:३९
16
SHARES
कन्काई पुल नजिककै सवारी दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको खुल्यो पहिचान

झापा- कन्काई नगरपालिका-८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार भ्यानका चालक शिवसताक्षी नगरपालिका-७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको पुष्टि भएको छ। अन्य एकै परिवारका चार जना घाइते भएका छन्।

खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा भ्यानका चालक मृत्यु भएको हो।

दुर्घटनामा मारुती भ्यानमा सवार शिवसताक्षी नगरपालिका-७ का ४० वर्षीय पृथ्वीनाथ साह, उहाँकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन् । घाइते चारै जनाको अवस्था सामान्य छ । पिकअप र त्यसका चालक धनकुटा महालक्ष्मी नगरपालिका-८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ११ भदौ २०८२ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast