सूर्यबिनायक-धुलिखेल सडक ‘पिच’ गर्ने काम फेरि थालियो

हिमाल प्रेस ११ भदौ २०८२ ७:०० | Wednesday, August 27, 2025
सूर्यबिनायक-धुलिखेल सडक ‘पिच’ गर्ने काम फेरि थालियो

काठमाडौँ- वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ।

सडक पिच गर्नका लागि ‘सीटीबी’ को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको हो। जनागालबाट भैँसेपाटी हुँदै साँगातर्फ ‘सीटीबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । उनका अनुसार यसअघि असार र साउन महिनामा मनसुनका कारण विस्तार कार्य रोकिएको थियो ।

बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा नै रहेको छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि विस्तार कार्य रोकिएको हो।

सेन्टर लाइनबाट दायाँबायाँ ७५-७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण कार्य अवरुद्ध पारेको जनाइएको छ।

प्रकाशित: ११ भदौ २०८२ ७:०० | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast