नेप्से परिसूचकमा सामान्य अंकको सुधार

हिमाल प्रेस १० भदौ २०८२ १७:१४
14
SHARES
नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज परिसूचक चार दशमलव ८३ अंकले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो।

आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा लगानी समूह शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ४८ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ।

बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९६, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १७, जलविद्युत् शून्य दशमलव ०७ र जीवन बीमा समूह शून्य दशमलव ०६ प्रतिशतले बढेको छ। त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव १३, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ४२ प्रतिशतले बढेको छ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य तीन दशमलव ६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ४८ करोड ९५ लाख ७८ हजार २२४ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन ८०–२० को छ लाख ५२ हजार ८२ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: १० भदौ २०८२ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast