काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसले न्यौपानेलाई पठाउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिमालप्रेसलाई जानकारी दिए।
निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’का विवादमा मुछिएपछि यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिको उम्मेदवारी दर्ता मंगलबार हुने कार्यक्रम छ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो।
प्रकाशित: १० भदौ २०८२ १३:१९ | Tuesday, August 26, 2025
प्रतिक्रिया




