काठमाडौँ- आज हरितालिका तीजको दिन सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलमा रु एक हजार ५०० र चाँदीमा रु पाँचले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार ७०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ।
सोमबार एक तोला सुन रु एक लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: १० भदौ २०८२ ११:२० | Tuesday, August 26, 2025
प्रतिक्रिया




