तीज लैंगिक विभेद र जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यको प्रतीक : उपसभामुख

हिमाल प्रेस १० भदौ २०८२ ९:०६ | Tuesday, August 26, 2025
तीज लैंगिक विभेद र जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यको प्रतीक : उपसभामुख उपसभामुख इन्दिरा रानामगर।

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैंगिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उनले भनिन्, ‘हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ।’

भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले यस दिनलाई उत्सवका रुपमा मनाउने चलन छ। सांस्कृतिक र धार्मिक पर्वका रुपमा हरितालिका तीजको नेपाली समाजमा महत्वपूर्ण स्थान छ। पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजाआराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता सांस्कृतिक पर्वले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन्।’

प्रकाशित: १० भदौ २०८२ ९:०६ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast