४८ लाख रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिकल भेप बरामद, प्रहरीलाई देख्नासाथ भागे तस्कर

हिमाल प्रेस ९ भदौ २०८२ १२:०८
8
SHARES
४८ लाख रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिकल भेप बरामद, प्रहरीलाई देख्नासाथ भागे तस्कर

काठमाडौँ- बर्दियामा ४८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको इलेक्ट्रिकल भेप सशस्त्र प्रहरीले बरामद गरेको छ। मधुवन नगरपालिका ५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको भेप शुक्रबार राति करिब १ बजे सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।

२ वटा साइकलमार्फत लैजाँदै गरिएको १ हजार ९२० थान भेप भेप बरामद गरेको हो। बरामद सामग्री ८ वटा कार्टुनमा राखिएको थियो।

प्रहरी देख्नसाथ तस्कर फरार भएका थिए। बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए।

 

प्रकाशित: ९ भदौ २०८२ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast