यी हुन् मिस्टर एन्ड मिस इस्टपोल २०८२ का विजेता

हिमाल प्रेस ९ भदौ २०८२ १०:५१ | Monday, August 25, 2025
यी हुन् मिस्टर एन्ड मिस इस्टपोल २०८२ का विजेता

काठमाडौँ- मिस्टर एन्ड मिस इस्टपोल २०८२ को उपाधि घाेषणा भएकाे छ। उपाधि मिस्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन्। विजेता दुबैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न पुरस्कार जितेका हुन्।

प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फस्ट रनरअप, मिस्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेण्ड रनरअप घोषित भए। फस्ट रनरअपले ६ महिनाको छात्रवृत्ति र सेकेन्ढ रनरअपले ३ महिनाको छात्रवृत्ति पाएका छन्।

त्यस्तै मिस्टरतर्फ नमन्य लोप्चन र मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ र मिस्टरतर्फ डेसमन्ड घिसिङ र मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ घोषित भए। पब्लिक च्वाइस विनर विजेताले १० हजार रुपैयाँ र भ्युअर्स च्वाइस विनरले ५ हजार रुपैयाँ जितेका छन्।

नेपालकी प्रथम नायिका भुवन चन्द प्रतियोगिताको प्रमुख निर्णायकमा थिइन्। साथै अन्य निर्णायकमा मोटिभेसनल स्पिकर र साइकोलोजिकल काउन्सिलर अशोककुमार दाहाल, ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ, गायक लाक्पा शेर्पा, नेसनल चाइल्ड राइट्स काउन्सिलका अध्यक्ष बमबहादुर बानियाँ, लेखक तथा उपन्यासकार भीष्मराज फुलारा र पत्रकार तथा कराँतेको राष्ट्रिय रेफ्री करन तामाङ निर्णायक थिए।

प्रतियोगिता संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरेको बताइन्।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य विष्णु पुडासैनीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सोच जगाउने मात्र नभई उनीहरूलाई सफल भविष्यतर्फ अघि बढ्न मार्गदर्शन गर्ने शक्ति दिने बताइन्।

सिएस इन्टरटेनमेन्ट नेपालले इस्टपोल सेकेण्डरी स्कुलसँग सहकार्य गर्दै राजधानीमा आयोजना गरेको यो पहिलो संस्करण हो।

प्रकाशित: ९ भदौ २०८२ १०:५१ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast