मापसे गरेर नुहाउने क्रममा बेपत्ता भएका सरदार मृत भेटिए

हिमाल प्रेस ९ भदौ २०८२ ७:३५ | Monday, August 25, 2025
मापसे गरेर नुहाउने क्रममा बेपत्ता भएका सरदार मृत भेटिए सांकेतिक तस्बिर

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आइतबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–६ घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर नुहाउने क्रममा डुबेर बेपत्ता भएका सरदारलाई स्थानीयले खोजतलास गर्दा मृतावस्थामा भटेको प्रहरीले जनाएको छ।

एक हप्ताअघि पनि सोही नगरपालिका–८ स्थित चाँदनीचोक नजिक चन्द्र नहरमा डुबेर नगरपालिका–७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको थियो।

 

प्रकाशित: ९ भदौ २०८२ ७:३५ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast