काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाखको वस्तु आयात

हिमाल प्रेस ९ भदौ २०८२ ७:२२ | Monday, August 25, 2025
काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाखको वस्तु आयात

झापा- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका वस्तु आयात भएका छन्। यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले जानकारी दिए। उनका अनुसार गत आवमा तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ। गत आवको सोही अवधिमा एक अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो।

कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाखले बढेको छ। गत आव २०८१/८२ को साउन महिनामा एक अर्ब ११ करोड ३२ लाख राजस्व संकलन भएको थियो। रासस

प्रकाशित: ९ भदौ २०८२ ७:२२ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast