अक्षराको राष्ट्रिय नाटक महोत्सवमा विद्यालयका १७ नाटक मञ्चन

हिमाल प्रेस ८ भदौ २०८२ १२:४४ | Sunday, August 24, 2025
अक्षराको राष्ट्रिय नाटक महोत्सवमा विद्यालयका १७ नाटक मञ्चन

काठमाडौंँ- पिंगलास्थानस्थित स्टुडियो थिएटरमा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ। महोत्सवमा थिएटर इन एजुकेसन कार्यक्रम अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका १७ स्कुलका १७ नाटक मञ्चन गरिएको आयाेजकले जनाएकाे छ।

जसमा भ्याली भ्यु स्कुलको ‘इच्छा भर्सेस समय’, ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’, आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’, ग्ल्याडस्टोन एकेडेमीको ‘गीता’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कको ‘यशस्वी भवः’, ग्लोबल पब्लिक स्कुलको ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलको ‘पार्वती’, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयको ‘दुःखी राजकुमारी’, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको ‘समीर नाचेको दिन’, हिमालयन ह्वाइट हाउस स्कुलको ‘द ग्रिक मेथोलोजी ओलिम्पियागान्जा’ मञ्चन भयो।

त्यस्तै, टाइम्स इलिमेन्ट्रि स्कुलको ‘दुःखी राजकुमारी’, आकाशगंगा इन्टरनेसनल एकेडेमीको ‘बैमानी काल’, रोजबड स्कुलको ‘परदेशको स्कुल’, क्रिएटिभ एकेडेमी स्कुलको ‘सपनासँगको शून्यता’, द जोय हाउस कलेक्टिब स्कुलको ‘द जोय माछाको रंगीन सपना’, काष्ठमण्डप विद्यालयको ‘द इन्टरनेट इज अ डिस्ट्रयाक-ओ! लुक अ किटेन’ र आयोजक स्कुल अक्षराको ‘मोक्षको मार्ग’लगायत १७ वटा नाटक मञ्चन गरियाे।

भदौ २ मा भएको उद्घाटन सत्रमा लिटिल एन्जल्स स्कुलको ‘भीरमा फुलेका फूल’, पवन प्रकृति स्कुलको ‘पिता…??’, पिक प्वाइन्ट एडुकेसन नेटवर्कको ‘यशस्वी भवः’ र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको ‘समीर नाचेको दिन’ नाटक मञ्चन गरिएको थियो।

समापन कार्यक्रममा आयोजक स्कुल अक्षराकी संस्थापक निर्देशक अन्जु भट्टराईले साहित्य, संगीत, कला र संस्कृति मानव जीवनका अभिन्न अंग भएको बताइन्। उनले विद्यालय तहकै नानीबाबुहरूलाई अभिनयात्मक कला सिकाउनु अपरिहार्य भएकोसमेत उल्लेख गरिन्।

‘साहित्य समाजको दर्पण हो, जसमा बालबालिकाले सामाजिक मूल्य-मान्यता, संस्कार, संस्कृतिलगायत जीवनका सम्पूर्ण पक्षको अध्ययन गर्न पाउँछन्,’ उनले भनिन्, ‘अझ नाटकजस्तो संवादात्मक र अभिनयात्मक प्रस्तुतिले उनीहरूलाई सिकाइमा सहजीकरण गर्ने भएकाले अभिनयलाई कक्षाकोठाभित्रै सिकाउन आवश्यक छ।’

कार्यक्रममा फिल्मका निर्देशक तथा पटकथा लेखक प्रदीप भट्टराईलगायत विभिन्न क्षेत्रका कलाकारहरूको उपस्थिति थियो।यसपटक महोत्सव अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा आयोजना गरिएको हाे। पहिलो संस्करण लालाबालाले आयोजना गरेको महोत्सव निर्देशक टंक चौलागाईंले बताए।

प्रकाशित: ८ भदौ २०८२ १२:४४ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast