सर्वाधिक पुरस्कार राशि भएका रियालिटी शो : प्रथम गुरुङले जिते मेरो भ्वाइस युनिभर्स, रिस्ता गुरुङलाई मेरो डान्स युनिभर्स

हिमाल प्रेस ८ भदौ २०८२ ८:३३ | Sunday, August 24, 2025
सर्वाधिक पुरस्कार राशि भएका रियालिटी शो : प्रथम गुरुङले जिते मेरो भ्वाइस युनिभर्स, रिस्ता गुरुङलाई मेरो डान्स युनिभर्स

काठमाडौँ- मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को ग्राण्ड फिनाले शनिबार राति सम्पन्न भएको छ। फिनालेमा प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्सका विजेता बनेका छन् भने रिस्ता गुरुङ मेरो डान्स युनिभर्सकी विजेता घोषित भएकी छन्।

विजेताले नगद १ करोड, २५ लाख बराबरको जीवन बिमा, हवाई टिकट र अन्य पुरस्कार प्राप्त गरेका छन्। मेरो डान्स युनिभर्सका फस्ट रनरअप अमृता राई, सेकेन्ड रनरअप सीतु महर्जन, थर्ड रनरअप सुरज सिंजाली मगर, फोर्थ रनरअप सुशना कोइराला र फिफ्थ रनरअप साजन पाख्रिन तामाङ रहेका छन्।

मेरो भ्वाइस युनिभर्समा फस्ट रनरअप टोपराज तामाङ, सेकेन्ड रनरअप जुनु प्रसाईँ, थर्ड रनरअप वाङ्गे गुरुङ, फोर्थ रनरअप प्रशान्त पोखरेल र फिफ्थ रनरअप दीपराज राई रहेका छन्।

कल्चरल ग्रुप डान्समा भुटनिज रेफुजी डान्स ग्रुप विजेता बनेको छ। फस्ट रनरअप मनास्लु वर्ड कलेज, सेकेन्ड रनरअप युमा महारानी नृत्य समूह, थर्ड रनरअप नेपाल प्रहरी र फोर्थ रनरअप तरेली सांस्कृतिक ग्रुप रहेका छन्।

विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्ने भनिए पनि व्यस्तताका कारण उपस्थित भएनन्।

प्रकाशित: ८ भदौ २०८२ ८:३३ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast