शैक्षिक उन्नयनका निम्ति सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

हिमाल प्रेस ७ भदौ २०८२ १६:२२ | Saturday, August 23, 2025
शैक्षिक उन्नयनका निम्ति सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव पूर्वराष्ट्रपति डा. रामवरण यादव

ललितपुर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

उनले सरकार र निजी क्षेत्रको साझेदारीमा लक्ष्य हासिल गर्न सहज हुने समेत बताएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुर महानगर समितिद्वारा शनिबार जावलाखेलमा आयोजित एसईई परीक्षा २०८१ मा सर्वोत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकासबाट राष्ट्रको विकास गर्न सकिने बताए।

संविधानमा स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा लिने व्यवस्था गरिएको बताउँदै उनले भने, ‘तपाईँ निजी विद्यालय सञ्चालकहरु पनि स्थानीय तह माताहतमा जान चाहिरहनु भएको छैन, नागरिकप्रति राज्यको जिम्मेवारी पूरा हुनुपर्छ, कल्याणकारी राज्यको कल्पना संविधानले गरेको छ।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस वर्ष ललितपुर महानगरले चार ‘जीपीए’ प्राप्त गरेका ८६ विद्यार्थीलाई सम्मान गरेको बताए।

प्याब्सनका केन्द्रीय संरक्षक एवं जेम्स स्कुलका संस्थापक राजेश खड्काले अभिभावक र विद्यार्थीको अथक प्रयासबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल भएको भन्दै यो मेहनत र लगनशीलतालाई उच्चशिक्षामा पनि निरन्तरता दिन सम्मानित विद्यार्थीलाई आग्रह गरे।

प्रकाशित: ७ भदौ २०८२ १६:२२ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast