
विर्तामोड- झापाको कन्काइ नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
कन्काइ नगरपालिका-१ खहरे खोलामा बस्ने ३७ वर्षीय पंकज माझीले बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गुमाएका हुन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए।
प्रकाशित: ७ भदौ २०८२ १३:४६
प्रतिक्रिया