
काठमाडौँ- काठमाडौँमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२:०५ बजे काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ।
प्रकाशित: ६ भदौ २०८२ ६:३८
प्रतिक्रिया