‘काव्य मुशायरा’ आयोजना गर्दै काव्यप्रेमी समूह

हिमाल प्रेस ५ भदौ २०८२ ११:०१ | Thursday, August 21, 2025
‘काव्य मुशायरा’ आयोजना गर्दै काव्यप्रेमी समूह

काठमाडौँ- काव्यप्रेमी समूहले यही भदौ २८ मा ‘काव्य मुशायरा’ आयोजना गर्ने भएको छ। कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा दिउँसो गर्न लागेको काव्यप्रेमी समूहले बताएको छ। उक्त समूहले काठमाडाैँमा पहिलाे कार्यक्रम गर्न लागेकाे हाे।

आयोजकका अनुसार कार्यक्रममा अनुभवी तथा नवोदित गजलकारहरूले आफ्ना गजल तथा साहित्यिक सिर्जनाहरू प्रस्तुत गर्नेछन्। कार्यक्रममार्फत साहित्यप्रेमीहरूबीच आपसी संवाद, रचनात्मकता र साहित्यिक वातावरणलाई अझ सबल बनाउने समूहको विश्वास छ।

काव्यप्रेमी समूह साहित्य र संस्कृतिलाई समाजमा प्रोत्साहन गर्ने उद्देश्यले स्थापित भएको साझा साहित्यिक संस्था हो। यसले नियमित रूपमा गजल वाचन कार्यक्रम, पुस्तक विमोचन, विभिन्न कार्यशाला तथा साहित्यिक छलफल आयोजना गर्दै आएको छ। नयाँ पुस्तालाई सिर्जनशील यात्रामा प्रेरित गर्ने र स्थापित स्रष्टालाई सम्मान गर्ने संस्थाको उद्देश्य रहेको छ।

प्रकाशित: ५ भदौ २०८२ ११:०१ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast