चितवन- जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ।भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो।
उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। भारतको विहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन्।
प्रकाशित: ५ भदौ २०८२ ९:४३ | Thursday, August 21, 2025
प्रतिक्रिया




