काभा महिला नेसन्स लिग भलिबल नोभेम्बर १५ देखि, एसियाका आठ टिम सहभागी हुने

हिमाल प्रेस ५ भदौ २०८२ ६:३८ | Thursday, August 21, 2025
काभा महिला नेसन्स लिग भलिबल नोभेम्बर १५ देखि, एसियाका आठ टिम सहभागी हुने गत संस्करणको फाइनलमा स्थान बनाएपछि नेपालका खेलाडी । फाइल तस्बिर

काठमाडौँ- काभा महिला नेसन्स लिग भलिबल आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने छ। नेपाल भलिबल संघका अनुसार प्रतियोगिता काठमाडौँको टुँडिखेलमा हुने भएको हो।

 भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले दर्शकको चापलाई ध्यानमा राखी खुला मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको बताए।

टुँडिखेलमा आठ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरी प्रतियोगिता सञ्चालन गरिने छ। काभा महिला नेसन्स लिगमा सेन्ट्रल एसियाका आठ देशको सहभागिता रहने छ। यस लिगलाई विश्व वरीयताको प्रणालीलाई समावेश गर्न एफआइभिबीलाई अनुरोध गरिने जानकारी पनि अध्यक्ष चन्दले दिए।

प्रतियोगितामा सेन्ट्रल एसियाका आठ राष्ट्रले सहभागिता जनाउने छन्। प्रतियोगिताका लागि नेपाल सरकारले एक करोड र काठमाडौँ महानगरपालिकाले ३० लाख रुपियाँ बजेट दिएको बताइएको छ।

नेपाल भलिबल संघले प्रतियोगिताको ब्रोडकास्टिङ तथा मार्केटिङ अधिकार हिमालय टेलिभिजनलाई दिएको छ। हिमालय टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने छ।

प्रकाशित: ५ भदौ २०८२ ६:३८ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast