काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा बोडी, भण्टा, करेला, परबलसहित धेरैजसो तरकारीको मूल्य बढेको छ।
कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८४, सानो लोकल गोलभेँडा २७, रातो आलु ५०, सुकेको भारतीय प्याज ४३, लोकल गाँजर ११७, लोकल बन्दा ३०, स्थानीय काउली ११४, हाइब्रिड मुला ४७, लाम्चो भन्टा ४४, डल्ले भान्टा ५६, तने बोडी ११०, मकै बोडी ८२ रुपैयाँ प्रतिकिलो छ।
करेला ६८, लौका ७२, तराईको परबल ९७, घिरौँला ५५, झिँगुनी ७०, डल्ले फर्सी ७३, पाकेको फर्सी ४५, भिन्डी ७९, कन्य च्याउ २२४, डल्ले च्याउ ४७०, ब्रोकाउली २२८ रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: ४ भदौ २०८२ ८:५८ | Wednesday, August 20, 2025
प्रतिक्रिया


