यी एजेन्डामा शिक्षक महासंघको पूर्ण बैठक केन्द्रित

हिमाल प्रेस ३ भदौ २०८२ १६:३८ | Tuesday, August 19, 2025
यी एजेन्डामा शिक्षक महासंघको पूर्ण बैठक केन्द्रित

काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० मा सरकारसँग भएका सहमति नसमेटिएको निष्कर्षसहित नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सातौँ पूर्ण बैठक सुरु भएको छ। बैठक राजधानीको लैनचौरस्थित शान्ति विद्या गृह माविको हलमा जारी छ।

आन्दोलनको समीक्षा, शिक्षा ऐनको विश्लेषण, आन्दोलनको स्वरूप र तालिका तथा ९ बुँदे सहमतिको कार्यान्वयन अवस्था जस्ता एजेन्डामा बैठक केन्द्रित रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए।

सरकारसँग भएका सहमति र सम्झौताविपरीत शिक्षा ऐन ल्याइए यही भदौ दोस्रो सातादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा महासंघले पहिले नै गरिसकेको छ।

यसअघि महासंघले गत माघ २० देखि वैशाख १७ गतेसम्म देशव्यापी धर्ना, रिले अनशन र काठमाडौँमा सडक आन्दोलनसमेत गरेको थियो।

यसैबीच, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमाथि छलफल गरी प्रतिवेदन तयार पारिसकेको छ। सो प्रतिवेदन समितिबाट पारित भई संसद्को चालु अधिवेशनमै पेस गर्ने तयारी भइरहेको छ।

प्रकाशित: ३ भदौ २०८२ १६:३८ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast