
काठमाडौँ- बलिउड फिल्म ‘थामा’को टिजर सार्वजनिक भएको छ। १ मिनेट ४९ सेकेन्डको टिजर म्याडडक फिल्मसबाट सार्वजनिक गरिएको हो।
आयुष्मान खुराना र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म हरर र कमेडीसहित प्रेम कथामा आधारित छ। फिल्ममा नवाजुद्दीन सिद्दिकी र परेश रावल पनि मुख्य भूमिकामै देखिनेछन्।
आदित्य सरपोतदारले निर्देशन गरेको फिल्म यसवर्ष दीपावलीको अवसरमा प्रदर्शन हुनेछ। म्याडडक फिल्म्स प्रोडक्सन ब्यानरमा बनेको फिल्मका निर्माता दिनेश विजन र अमर कौशिक हुन्।
यस्ताे छ टिजर
प्रकाशित: ३ भदौ २०८२ १५:१७
प्रतिक्रिया